सानिमा रिलायन्स लाइफद्वारा दाबी भुक्तानी

७ माघ २०८०, आईतवार ११:२८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई ११ लाख ११ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार शंखुपाटिचौर, काभ्रेपलान्चोकका बीमित तुलसी प्रसाद श्रेष्ठले १० लाख बिमाङ्कको बीमा गरेका थिए । बीमितको उपचारका क्रममा निधन भएपछि कम्पनीले बीमितको घरमै गएर दाबी भुक्तानी गरेको हो ।

कम्पनीले बीमितकी श्रीमती सुमित्रा श्रेष्ठलाई १० लाख बिमाङ्क र १ लाख ११ हजार बोनस बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, शाखा प्रमुख प्रेमजित भैल, एजेन्सी मेनेजर बिल बहादुर श्रेष्ठ लयायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*