पाँच लघुवित्तको २९ करोड रुपैयाँको एफपिओ आउँदै, कुनको कति ?

५ माघ २०८०, शुक्रबार १२:३४

काठमाडौँ । थप २९ करोड रुपैयाँको एफपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासन अनुमति माग गर्दै पाँच लघुवित्तले आवेदन दिएका छन् । पाँच लघुवित्तले २८लाख ५१ हजार ६४९ कित्ता बराबरको २९ करोड ४ लाख ३९ हजार २७१ रुपैयाँको एफपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

बोर्डमा किसान लघुवित्त, माहुली लघुवित्त, समता घरेलु लघुवित्त, नयाँ सारथी लघुवित्त र सूर्यदया ओमि लघुवित्तले एफपिओ निष्कासका लागि आवेदन दिएका हुन् ।

कुनको कति ?
एफपिओ निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिन लघुवित्त मध्य सबै भन्दा बढी किसान लघुवित्त रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १६ लाख ६६ हजार ९६५ कित्ता बराबरको १६ करोड ६६ लाख ९६ हजार ५१८ रुपैयाँको एफपिओ निष्कासन गर्ने भएको छ ।

त्यस्तै, माहुली लघुवित्तले ४ लाख ७५ हजार ४४९ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपिओ निष्कासन गर्नेछ ।

यता, नयाँ सारथी लघुत्तिले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्कासन अनुमतिका लागि बोर्डमा पुगेको हो । कम्पनीले ३ करोड २९ लाख ६४९ कित्ता बराबरको ३ करोड ८२ करोड ३९ लाख २८४ रुपैयाँको एफपिओ निष्कासन गर्नेछ ।

त्यस्तै, सूर्योदय वोमि लघुवित्त र समता लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । सूर्योदयले ४६ हजार ७३० कित्ता बराबरको ४६ लाख ७२ हजार ९५४ रुपैयाँ र समताले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँको एफपिओ निष्कासन गर्ने भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*