रिलायबल नेपाल लाइफले माघ २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

५ माघ २०८०, शुक्रबार १०:२२

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गनेशर्् प्रस्ताव पारित गर्नेछ ।

साथै, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४(५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको भत्ता अनुमोदन र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीको माघ १५ गते बुक क्लोग गर्ने भएको हँुदा माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*