माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोडमाथि, अन्य सूचांक कस्तो ?
काठमाडौं । माछापुच्छ्े बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले छ महिनाको अधवीमा ८० करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधीमा दुई अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस आवको छ महिने अवधीमा ५.५६ प्रतिशतले घटेको छ । कम्पनीको खुद मुनाफा २१.४५ प्रतिशतले घटेको छ ।
माछापुच्छ्रे बैंकमा एक खर्ब ५२ अर्ब ४८ करोड ५२ लाख ५४ हजार रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै, एक खर्ब २९ अर्ब ९१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको चालु आवको छ महिने अवधीमा प्रतिशेयर आम्दानी १९.९९ रुपैयाँबाट घटेर १३.८६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । बैंकको सिडि रेसियो ८०.६१ प्रतिशत रहेको छ भने खराव कर्जा २.६२ प्रतिशत रहेको छ । त्यस्तै, बेस रेट ९.७८ प्रतिशत रहेको छ ।