पाँच बीमा कम्पनीको साधारण सभा माघमा
४ माघ २०८०, बिहीबार १७:५८
काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् ।
हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले लाभांशलगायत विभिन्न प्रस्तावहरु राखेर सभा बोलाएका हुन् ।
जसमध्ये हिमालयन एभरेष्ट र सिटिजन लाइफले मात्रै लाभांश प्रस्ताव सभामा पेश गर्ने भएको छ । बाँकी तीन कम्पनीले भने शेयरधनीको हात खालि बनाउने भएका छन् ।