लोवर इर्खुवा हाइड्रोले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल
४ माघ २०८०, बिहीबार १०:३८
काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको हो।
सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन्।