११ बैंकको शेयरमूल्य बढ्दा ६ को घट्यो, दुईको स्थिर
३ माघ २०८०, बुधबार १७:५५
काठमाडौं । बुधबार बजार १२ अंकले घट्दा वाणिज्य बैंक परिसूचक ४ अंकले बढेर १२१६ को विन्दुमा कायम भएको छ। यस दिन वाणिज्य बैंक उपसूचक ०.४० प्रतिशतले उचालिएको हो।
आज वाणिज्य बैंक सेक्टरबाट १९ सूचीकृत बैंकहरु कारोबारमा आएका हुन् । जसमध्ये अधिकांश बैंकहरुको शेयरमूल्य बढेको छ। आज ११ बैंकहरुको शेयरमूल्य बढ्दा ६ बैंकको शेयरमूल्य घट्यो भने बाँकीका २ बैंक स्थिर रहे।
बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य सर्वाधिक २.१७ प्रतिशतले बढेर ५४१ रुपैयाँमा कारोबार भएको छ । यस दिन हिमालयन बैंकको शेयरमूल्य २.१० प्रतिशतले बढेर २१९ रुपैयाँमा शेयर कारोबार भएको छ।