बेष्ट फाइनान्स कम्पनीबाट यी संस्थापक सेयरधनी बाहिरिदै, करिब एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

३ माघ २०८०, बुधबार १०:५९

काठमाडौं ।  बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्स कम्पनीले संस्थापक समूहको १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

फाइनान्सका संस्था सेयरधनी प्रकाशरत्न तुलाधरको नाममा रहेको १४ हजार ७४२ कित्ता, कपुर प्रािद वैजुको ४२ हजार ९०२ कित्ता, दयाराम श्रेष्ठको २१ हजार ६१३ कित्ता, पुजा प्याकुरेलको २२ हजार ८२० कित्ता र भिम कृष्ण उदासको ३ हजार ४५७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीको उक्त सेयरको मूल्य तोकिएको छैन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*