साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने

३ माघ २०८०, बुधबार १०:२८

साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको छ । लघुवित्तले लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो ।

उक्त बोलपत्र थापाथलीमा रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको प्रधान कार्यालयमा दिँउसो २।३० बजे खोलिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*