सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संस्थापक सेयर लिलामी बिक्री खुला, क-कसले आवेदन दिन पाँउछन् ?
३ माघ २०८०, बुधबार १०:१३
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा माघ ११ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।