मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा माघ २६ गते, बुक क्लोज कहिले ?

३ माघ २०८०, बुधबार १०:०८

मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ ।

सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
यसअघि नै कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष भने १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सभामा सेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा छ । हाल कम्पनीमा संस्थापक समूहको ६९।४० प्रतिशत र सर्वसाधारण समूहको ३०।४० प्रतिशत हिस्सा कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९।४० प्रतिशत र सर्वसाधारण समूहको ४०।४० प्रतिशत कायम बनाउने एजेन्डा छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*