तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति

२ माघ २०८०, मंगलवार १६:५१

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष मोटर बीमा पोलिसी जारी गर्न चार वटा लघुबीमा कम्पनीलाई अनुमति दिने निर्णय गरेको थियो ।

प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार सच्याइएको लघुबीमा सम्बन्धी निर्देशिकामा चलखेल भएको प्रष्टै देखिएको छ । जस अनुसार जम्मा ५२ करोड रुपैयाँ चुक्ता पुँजि भएका चार वटा लघुबीमा कम्पनीहरु अर्बौ रुपैयाँको जोखिम भएको तेस्रो पक्ष मोटर बीमाको लागि अनुमति दिइएको छ । सो अनुमति दिएसँगै नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुले भटाभट तेस्रो पक्ष लघुबीमा पोलिसी जारी गर्न सुरु गरेका छन् ।

हाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, पोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले लघुबीमाको अनुमति पाएका छन् । प्राधिकरणले उल्लेखित चार वटा कम्पनीसँगको सेटिङमा लघुबीमा कम्पनीलाई जटिल प्रकृतिको र अर्बौ रुपैयाँ बीमाङ्क रकमको दायित्व हुने मोटरबीमा पोलिसी जारी गर्न अनुमति दिइएको देखिएको छ । यद्यपि सो सम्बन्धमा प्राधिकरणले केही बताउन चाहेको छैन ।

प्राधिकरणले कुनै अध्ययन नै नगरी हचुवाको भरमा लघुबीमा कम्पनीहरुलाई तेस्रो पक्ष मोटर बीमाको अनुमति दिएको एक पूर्व सिईओले बीमापोष्टले बताए । ‘यो बीमा नभई चिठ्ठा व्यवसाय हुने भयो, तेस्रो पक्ष मोटरबीमालाई कोरोना बीमा जस्तै बनाउने काम भयो’, एक बीमा कम्पनीका उच्च अधिकारीले भने । स्रोतले उक्त कार्यमा ठुलै सेटिङ भएको चर्चा बीमा क्षेत्रमा व्याप्त छ । प्राधिकरणमा कार्यरत कर्मचारी र उच्च तहका व्यक्तिहरुमा बीमा सम्बन्धी दक्षता अभाव र व्यवसायिकताको कमीका कारण बीमा क्षेत्रको नियामकको हैसियतले गरेका कैयौं कामहरु विवादमा पर्दै आएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*