नेप्से उकालो यात्रातर्फ, ८ अर्बको कारोबार, सबैतिर हरियाली

२ माघ २०८०, मंगलवार १५:१३

काठमाडौं । शेयर बजार परिसूचक नेप्से उकालो यात्रातर्फ लागेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३१.६२ अंकले बढेर २१ सयको विन्दुमा उक्लिएको थियो ।

सोमबार मकरसंक्रान्तिका कारण कारोबार नखुलेको स्टक मार्केटमा मंगलबार दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड २८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भयो ।

यसदिन सबै उपसूचकहरुमा हरियाली छाउँदा निर्जीबन बीमा उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ । मंगलबार स्टक मार्केटमा जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसूचकमा पनि तेहरो अंकको वृद्धि देखिएको छ । यस दिन बैंकिङ उपसमूहमा समेत दोहोरो अंकको वृद्धि देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*