आज यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२ माघ २०८०, मंगलवार १५:१४
काठमाडौं । साताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ५४.५४ अंकले बढेतापनि ३१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य भने घटेको हो ।
यस दिन ज्योति विकास बैंक बोण्ड २०८७, हिमालयन ८०–२० र १०% प्राइम डेबेन्चर २०८८ को शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस कम्पनीहरुको शेयरमूलय क्रमश ९.९९, ९.७० र ५ प्रतिशतले शेयरमूल्य घटेको हो ।
त्यसैगरी आज, मिड सोलु हाइड्रोपावर, १२% आईसीएफसी फाइनान्स लिमिटेड डेबेन्चर २०८३, बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, ८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर २०८४, चिरख्वा हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।