आज यी १२ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२ माघ २०८०, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक ५४ अंकले उचालिदा २१४ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो ।

यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने अप्पर तामाकोशी हाईड्रोपावर, न्याग्दी ग्रुप पावर र हिमालयन रिको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*