ग्रीनलाइफ हाइड्रोपावरको ‘लक इन’ अवधि फागुन ६ गतेबाट सकिँदै
२ माघ २०८०, मंगलवार १२:३९
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयर ‘लक इन’ अवधि फागुन ६ गते सकिने भएको छ।
कम्पनीको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता शेयरको लकइनमा रहेको छ। जसमा संस्थापक समूहको १ करोड ४४ लाख कित्ता, कर्मचारीको ६९ हजार ९२८ कित्ता र आयोनाज प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता साधारण शेयर रहेका छन्।
साथै, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार रोक्का रहने सूचनामा उल्लेख गरिएको छ ।