आइएमई लाइफद्धारा साढे १ करोडमाथि बीमा दाबी भुक्तानी
१ माघ २०८०, सोमबार २१:१३
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस एक महिनामै एक करोड ८७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले ३८ वटा बीमालेख मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो ।
कम्पनीले दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । पछिल्लो समय जीवन बीमा कम्पनीहरु मध्ये आक्रामक रुपमा बजार विस्तार गरिरहेको आइएमई लाइफले पोलिसी सर्भिसिङमा पनि उत्तीकै जोड दिदै आएको छ ।