नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले दिए आवेदन
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् ।
कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, तथा सप्तरीका संजिवकुमार देव रहेका छन् ।
त्यस्तै काठमाडौँका दिलिप शेखर श्रेष्ठ, मोरङका माधव रेग्मी, गोरखाका चण्डिका प्रसाद भट्ट, दाङका बसन्त कुमार पाण्डे, बाग्लुंगका डोलिन्द्र प्रसाद शर्मा, ललितपुरका शत्रुध्न प्रसादपुडासैनी र मोरङका आमोद प्रसाद चौधरी रहेका छन् ।
अब वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा रहेको छनौट समितिले आवेदकको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लिने छ । त्यस मध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्ने छ, जस मध्येबाट मन्त्रिपरिषदले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ ।