आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२९ पुष २०८०, आईतवार १५:१७
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आइतबार ३१ अंकले बजार उचालिएको भएतापनि ३३ सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो ।
यस दिन मेगा म्युचुअल फण्ड–१ को शेयरमूल्यमा चर्काे गिरावट आएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, एनआइसी एशिया फ्लेक्सि क्याप फण्ड, सनराइज ब्लुचिप फण्डको शेयरमूल्य घटेको छ ।
त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, १०% हिमालयन बैंक डिबेन्चर २०८३, १०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१, प्रभु सेलेक्ट फण्ड र मोलुङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको हो ।