नेप्से २१ सय विन्दुमाथि, हाइड्रोपावरमा उत्साह, ५ अर्बको कारोबार

२९ पुष २०८०, आईतवार १५:१२

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से ३१.६२ अंकले बढेर २१ सयको विन्दुमाथि उक्लिएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ०.६२ अंकले घटेको नेप्से आइतबार दोहोरो अंकले बढेर २१२० को विन्दुमा पुगेको हो ।

स्टक मार्केटमा आइतबार एक करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको कारोबार भयो । यस दिन होटल तथा पर्यटन र व्यापार समूह ऋणात्मक हुँदा अन्य सबै उपसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । हाइड्रो पावर उपसूचकमा तेहरो अंकको वृद्धि देखिँदा अन्यमा दोहोरो र एकल अंकको वृद्धि देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*