मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ पुष २०८०, आईतवार १४:२७

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको संचालक समितिले प्रस्ताव गरेको १०।२६ प्रतिशत लाभांश पारित गरेको छ ।

लाभांश मध्ये ९।७५ प्रतिशत बोनस सेयर र बाँकी ०।५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । यसै सभा बाट आ।व।२०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ।व। २०७९र०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*