उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२९ पुष २०८०, आईतवार १३:१७

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा संस्थाकी अध्यक्ष शान्तीदेवी ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए. भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*