अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२९ पुष २०८०, आईतवार ११:३०

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गरेको नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्ने छन् । कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो

One thought on “अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

  1. Sushant bohara says:

    I am interested put the sair but I don’t no what Is the process.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*