एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
२९ पुष २०८०, आईतवार ११:१६
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को को लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ५।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।