आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली

२९ पुष २०८०, आईतवार ११:१४

आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० र३र३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*