हाम्रो पात्रोले आयात गरेको जिपिएस ट्रयाकिङ भन्सारमा रोकियो, ‘सूचना प्रविधिबाट समृद्धि’मा बाधा पुर्याउने काम सच्याउनुपर्छ
काठमाडौं । हाम्रो पात्रोले नेपाल भित्राउन खोजिएको भेहिकल ट्रयाकिङ डिभाइस काठमाडौंस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको छ । नेपाली आईटी क्षेत्रका अग्रणी लगानीकर्ता रुद्रराज पाण्डेले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरे अनुसार हाम्रो पात्रोले नेपाल भित्राउन खोजेको भेहिकल ट्रयाकिङ डिभाइस विगत झण्डै एक महिनादेखि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा रोकिएको छ ।
भन्सार कार्यालयको नियम अनुसार नेपाल दुर सञ्चार प्राधिकरणबाट सिफारिस लैजानु पर्दछ । तर, दुर सञ्चार प्राधिकरणले अनावश्यक झन्झट दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।
सामान्य जिपिएस ट्रयाकिङ सम्बन्धी डिभाइस भन्सार कार्यालयमा रोकिएको विषयमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले तत्काल उक्त समस्या हल गर्न र सूचना प्रविधिबाट समृद्धि ल्याउने मार्गमा कही कतैबाट अवरोध हुन नहुने धारणा व्यक्त गरेका छन् । महासंघका महासचिव अधिकारीले भने, ‘हामी सूचना प्रविधिबाट समृद्धि ल्याउनुपर्दछ भन्ने महान अभियानमा छौं, विदेशतिर सामान्य रुपमा आयात गर्न पाइने डिभाइसहरुलाई नेपालमा अनेकन एजेन्सी खडा गरेर दुःख दिने काम बन्द हुनुपर्दछ ।’ महासचिव अधिकारीले आगामी दिनमा यस्ता विषयहरुमा समीक्षा गरेर सूचना प्रविधिको विकास विरोधी नीतिहरु सच्याउन माग गरेका छन् ।
यो सबै मिलिभगत हो । सरकार – माओबादीको, संचार मन्त्रालय – माओबादीको, क्यान – माओबादीको । के लटरपटर हो क्यान्को मा’सचिपको । उ आफै माओबादिको आइटी सम्बन्धि सल्लाहकार समितिमा छ, यता केके कुरा गरेर बसेको छ । काम केइ नगर्ने खाली पाखण्ड र किर्ते कुरा गरेर बसेको छ । पाखण्ड्को पनि हद हुन्च नि यार
Aafno organization ramro sanga samhalnu ni paila aru guff dinu bhanda. Aafno organization bhandbhailo chha guff chai thula thula. Afno karyasamitiko meeting ko video (https://www.youtube.com/watch?v=u-255nM2Gjg) kasle leak garyo patta lagauna ta sakeko chhaina prithibi uchalne kura garer hunchha. Aafno organization badala na paila.
त्यो पर्दैन