बीमा प्राधिकरणको दुई कर्मचारी संगठनले अध्यक्ष सुर्य सिलवाललाई बुझाए ज्ञापनपत्र

२९ पुष २०८०, आईतवार ०९:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संघले प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई ज्ञापन पत्र बुझाएका छन् । यही पुस २६ गते नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवाली र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कर्मचारीहरुले प्राधिकरणको सञ्चालक समितिलाई समेत बोधार्थ बुझाएको ध्यानाकर्षण पत्रमा बीमा नियमावली समयमा जारी गर्न, प्रदेश कार्यालय सञ्चालन मादपण्ड तथा सरुवा नीति जारी गर्न माग गरेका छन् । साथै तोकिएको समयमा हुनुपर्ने विज्ञापन हुन नसक्दा कर्मचारीको मनोबल खस्किएको स्मरण गराउँदै व्यवस्थापनले आवश्यक गृहकार्य नगरेको जनाएको छ ।

दुवै कर्मचारी संगठनले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा कर्मचारीहरुको सेवा सुविधाको सम्बन्धमा पटक पटक छलफलमा सहाभगी गराउन माग गर्दा पनि सुनुवाई नगरिएको उल्लेख छ । दुवै कर्मचारी संगठनले अध्यक्ष सिलवाललाई बुझाएको ध्यानाकर्षण पत्रमा बीमा निमयमावली जारी नगरी कर्मचारी बिनियमावली संशोधन गरी अनिवार्य अवकासको अवधी हेरफेर गर्न खोजिएको र सो कार्य दुवै संगठनका लागि अस्वीकार्य रहेको उल्लेख छ ।

कर्मचारी संगठनल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुको मनोबल खस्किने कार्य नगर्न सबैलाई आह्वान गरिएको छ ।

-फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*