भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा

२७ पुष २०८०, शुक्रबार १८:५६

भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन, बीएसई सेन्सेक्स बेन्चमार्क पहिलो पटक ७२,७२०।९६ विन्दुमा पुगेको छ। यसैगरी,आज निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८।२५ को विन्दुमा पुगेको छ ।

शुक्रबारको कारोबार सत्रमा आईटी र पीएसयू बैंकिङ क्षेत्रको शेयरमा राम्रो किनबेच देखिएको थियो । यी क्षेत्रहरू आज टप गेनर बनेका थिए। साताको अन्तिम कारोबार दिनमा बीएसईको ३० शेयरवाला सेन्सेक्स ८४७।२७ अंक वा १।१८ प्रतिशतले बढेर ७२,५६८।४५ विन्दुमा बन्द भएको छ। अर्कोतर्फ, एनएसईको ५० शेयरको निफ्टी सूचकांक २४७।३५ अंक वा १।१४५ प्रतिशतले बढेर २१,८९४।५५ विन्दुमा पुगेको छ।

शुक्रबार, डलरको तुलनामा रुपैयाँ ११ पैसाले बलियो भयो र डलरको तुलनामा ८२।९२ विन्दुमा बन्द भयो।
सेन्सेक्सका कम्पनीहरुमध्ये, डिसेम्बरको त्रैमासिक रिपोर्टबाट बजारले गरेको अपेक्षाका कारण इन्फोसिसको शेयरमा करिब ८ प्रतिशतको उछाल देखियो। भारतको सबैभन्दा ठूलो सफ्टवेयर निर्यातक टाटा कन्सल्टेन्सी सर्भिस ९टीसीएस०को शुद्ध आम्दानी डिसेम्बर त्रैमासमा ८।२ प्रतिशतले बढेर ११,७३५ करोड भारतीय रुपैयाँ पुगेको छ। त्यसपछि कम्पनीको शेयरमूल्य चार प्रतिशतले बढेको हो ।

अन्य प्रमुख बढेकामध्ये टेक महिन्द्रा, विप्रो, एचसीएल टेक्नोलोजी र स्टेट बैंक अफ इन्डिया पर्छन्। पावर ग्रिड, बजाज फिनसर्भ, अल्ट्राटेक सिमेन्ट र एचडीएफसी बैंकको शेयरमा गिरावट देखिएको छ । बीएसईको सूचना प्रविधि ९आईटी० सूचकांक क्षेत्रीय सूचकांकहरूमध्ये सबैभन्दा उच्च विन्दु भएर ४।९९ प्रतिशतले बढ्यो ।

शेयर बजारको तथ्यांकअनुसार बिहीबार विदेशी संस्थागत लगानीकर्ताले ८६५ करोड भारतीय रुपैयाँको शेयर बिक्री गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*