खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० जनालाई रोजगारको अवसर
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोतितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न ६० जना उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले सह–विभागीय प्रबन्धक (प्रशासन) मा ६ जना, सहायक विभागीय प्रबन्धक (प्रशासन) मा ३ जना, वरिष्ठ अधिकृत (प्रशासन तथा कानुन) मा १–१ जना कर्मचारी माग गरेको हो ।
त्यस्तै, अधिकृत (प्रशासन) मा १२ जना, अधिकृत (गुण नियन्त्रण) (प्राविधिक) तर्फ २ जना, वरिष्ठ सहायक (प्रशासन) तर्फ ९ जना, वरिष्ठ सहायक (गुण नियन्त्रण) (प्राविधिक) तर्फ २ जना, वरिष्ठ सहायक (सब–इन्जिनियर) (प्राविधिक) तर्फ २ जना र सहायक (प्रशासन) तर्फ २२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनामा तोकेबमोजिमको योग्यता पुगका इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।