१५ कम्पनीको साधारण सभा आज, कुनले लाभांश दिँदैछ र कति हात खाली गर्दैछ ?
काठमाडौं । नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारण सभा आज बस्दैछ । आज सभा बस्ने कम्पनी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।
लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल ९तराई० रहेका छन् ।बाँकी ११ कम्पनीले बिनालाभांश प्रस्ताव नै साधारण सभा बोलाएका हुन् । लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, अपि पावर कम्पनी, मध्य भोटेकोशी लजविद्युत, सामलिङ पावर, एसियन हाइड्रोपावर र बोटलर्स नेपाल ९बालाजु० रहेका छन् ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको सभा जर्मन होम्स हस्पिटालिटी प्रालि, गठ्ठाघरमा बिहान साढे ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा एपेक्स विजनेस होटेल, सिनामंगल, एयरपोर्ट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।सामुदायिक लघुवित्तको सभा होटल उग्रचण्डी, बनेपा– ७ मा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।न्यादी हाइड्रोपावर लिमिटेडको सभा क्वालिटी ब्यांकेट बुद्धनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । नाडेप लघुवित्तको सभा रानीवन प्यालेस नागार्जुन काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन ।
सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारण सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।सपोर्ट लघुवित्तको सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।६८ प्रतिशत नगद गरी कुल १६।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ ते बुक क्लोज गरिसकेको छ । अपि पावर कम्पनीको साधारण सभा बानेश्वर ब्यांकेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।सभा प्रयोजनार्थ अपिले बुधबार पुस १८ गते बुक क्लोज गरिसकेको छ । मध्य भोटेकोशी लजविद्युतको साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।सामलिङ पावर कम्पनीको सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।एसियन हाइड्रोपावरको सभा द इन्ट्रान्स क्याफे, चाकुपाट ललितपुरमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एकदिन बुक क्लोज गरिसकेको छ ।शिवम् सिमेन्ट्सको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा १४।२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७५ नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ यसले पुस १९ गते बुक क्लोज गरिसकेको छ । बोटलर्स नेपाल ९तराई० को साधारण सभा सोल्टी होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुने छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ ।बोटलर्स नेपाल ९बालाजु० को साधारण सभा ४ बजे सोल्टी होटल, काठमाडौंमा सुरु हुनेछ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ ।