दुई लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्यको अवस्था कस्तो? (एलटीपीसहित)
२६ पुष २०८०, बिहीबार १७:३४
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घट्यो । बिहीबार नेप्से ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा कायम रहदा लघुवित्त उपसूचक ०.८३ प्रतिशतले उचालिएको छ । यस दिन लघुवित्त परिसूचक ३१ अंकले बढेर ३७६२.५४ विन्दुमा कायम रहन गएको हो ।
बिहीबार कारोबारमा आएका ५५ सूचीकृत कम्पनीहरु मध्ये २५ कम्पनीहरुको शेयर मूल्यमा हरियाली छाएको छ । यस दिन २८ कम्पनीहरुको शेयरमूल्य घट्यो भने २ कम्पनीको शेयरमा कुनै हलचल देखिएन ।
साता कारोबारको अन्तिम दिन निर्धन उत्थान लघुवित्त र समाज लघुवित्तको शेयरमूल्यमा सकारात्कम सर्किट लागेको हो । यसै दिन मानुषि लघुवित्तको शेयरमूल्य सर्वाधिक ३.४६ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ३.१३ प्रतिशतले घटेको छ ।