नाडाको कार्यसमिति चयन भएको हप्ता दिनमै टुटफुट, गोल्छा समूहले सामूहिक राजीनामा दिंदै

२६ पुष २०८०, बिहीबार १५:४०

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति चयन भएको एक साता नबित्दै राजीनामा दिनेसम्मको विवाद उत्पन्न भएको छ । सवारीसाधन बिक्रेताहरुको छाता संस्थामा विवाद चुलिएपछि वरिष्ठ उपाध्यक्ष आकाश गोल्छासहित ८ जनाले सामूहिक राजीनामा दिन हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष करण चौधरीले एकतर्फी र निरकुंश शैलीमा संस्था चलाउन खोजेको आरोप लगाउदै आकाशसहित ८ जनाले सामूहिक राजीनामा दिन लागेका हुन् । अध्यक्षको दाबेदारी छाडेर आकाशले करणलाई निर्विरोध अध्यक्ष चुन्न लगाएका थिए । करण अध्यक्ष हुनेवित्तिकै संस्थागतभन्दा व्यक्तिगत आग्रह र पूर्वाग्रहका आधारमा मनोनयन लगायतमा अग्रसर भएपछि आकाशनिकट व्यवसायीले मोर्चाबन्दी कसेका हुन् ।

‘सर्वसम्मत रूपमा अध्यक्ष बनाएपछि प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भनेर सम्झाएका हौं । तर उहाँले झन् एकपछि अर्को विवादित निर्णय गर्न थालेपछि छोड्न बाध्य भयौँ, कार्यसमितिका एक पदाधिकारीले भने, ‘सुजुकीको आफ्नो डिलरलाइजस्तो व्यवहार भएपछि बसिरहनु उपयुक्त देखिएन ।’

सहमतिअनुसार आकाश पक्षबाट ८ जना र करण पक्षबाट ८ जना कार्यसमितिमा आउने सहमति भएको थियो । मनोनीततर्फ ३ र २ को भागबण्डा गर्ने कुरा थियो । पदाधिकारीमा पनि सहकोषाध्यक्ष वा सचिव आकाशको पक्षले पाउने सहमति भए पनि अध्यक्ष भएपछि सचिवमा समेत चुनाव गराइयो । त्यसैबाट सुरु विवाद अहिले राजीनामासम्म पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*