आज यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२६ पुष २०८०, बिहीबार १५:११
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्दा ११७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको हो ।
यस दिन ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य सर्वाधिक ९.६० प्रतिशतले घटेको छ । दोस्रोमा मन्दाकिनी हाइड्रोपावरको ४.९० र तेस्रोमा एनआईबिएल ग्रोथ फण्डको ३.६८ प्रतिशतले शेयरमूल्य घटेको छ ।
त्यसैगरी, सिटिजन सुपर ३० म्युचुअल फण्ड, मानुषि लघुवित्त, सिद्धार्थ इक्विटी फण्ड, पाँचथर पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त, यूनिलिभर नेपाल र निफ्राको शेयरमूल्य सर्वाधिक घटेको छ ।