हिमालयन रिसहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

२६ पुष २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से ०.६२ अंकले घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो ।

यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी आज मेघा म्युचुअल फण्ड–१, भुलोल इनर्जी डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*