काठमाडौंको बालाजुमा नक्कली नोट भेटियो, प्रहरीको एक्सन शुरु
२६ पुष २०८०, बिहीबार १४:३७
काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुमा नक्कली नोट र कारोबारी भेटेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट तारकेश्वर–५ लोलाङ बस्ने काभ्रे नमोबुद्ध-१० की २५ वर्षीया मनीषा न्यौपाने नक्कली नोटसहित पक्राउ परेकी छन् ।
उनको साथबाट १ हजार दरका ५ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । मेडिकलमा औषधि खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भएको सूचना आएपछि प्रहरी पुगेर युवतीलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।