नेपाल ल्यूब आयलको बार्षिक साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित

२५ पुष २०८०, बुधबार २०:३८

नेपाल ल्यूब आयल लि।को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश २५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८।४ प्रतिशत सहभागी उपस्थित रहेको कम्पनीले जनाएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, “देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ। नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन्।“

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*