अपर अरूण जलविद्युत् ईआईए प्रतिवेदन अन्तिम चरणमा

२५ पुष २०८०, बुधबार १९:२४

काठमाडौं । नेपालका ठूला जलविद्युत् आयोजना अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले लगानी गर्दैछन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजनाको ईआईए प्रतिवेदन रायका लागि सार्वजनिक समेत गरेको छ । यो आयोजनाका लागि अरूण नदीमा १ सय मिटर अग्लो बाँध बाधिने छ । जसबाट २०।१ हेक्टर क्षेत्रमा जलासय बन्ने छ । यो पानीलाई सुरुङको माध्यमबाट विद्युतगृहमा पठाइ १ हजार ६३।६३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । यस आयोजनाबाट वार्षिक औसतः ४ हजार ५४९।५७ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ ।

अरूण नदीबाट विद्युतगृहसम्म सुरुङमार्फत पानी फर्काउँदा करिव १६।४५ किलोमिटरमा पानीको बहाव कम हुने समेत ईआईए प्रतिवेदनमा उल्लेख छ । यो आयोजनामा बाँध, सुरुङ, अडिट र विद्युत् क्षेत्रमा विभिन्न सहायक संरचना बन्ने भएका छन् । यो आयोजना जल प्रवाहका लागि आवश्यक हाइड्रोलिक क्षमता कम भएको अवस्थामा पिकिङ अन अप रिभर ९पीआरओआर० मोडलमा सञ्चालन हुने छ ।

यो आयोजनाबाट ४५ सय जनाले रोजगारी तथा उद्यमको अवसर पाउने अनुमान गरिएको छ । आयोजना निर्माण सम्पन्न भइसकेपछि ऊर्जा उत्पादन र विद्युत् केन्द्र सञ्चालनका दौरान १३० जनाले रोजगारी पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*