नेप्से सामान्य अंकले बढ्दा बाणिज्य बैंकमा उछाल, कुनको शेयरमूल्य कति? (एलटीपीसहित)
२५ पुष २०८०, बुधबार १८:०२
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से ९ अंकले बढेको छ। नेप्सेमा सामान्य सुधार आउँदा वाणिज्य बैंक उपसूचक १.१२ प्रतिशतले बढेको हो ।
यस दिन वाणिज्य बैंक परिसूचक १३.१९ अंकले बढेर ११८२ को विन्दुमा कायम भएको छ । आज १९ सूचीकृत वाणिज्य बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १७ बैंकहरुको शेयरमूल्य बढेको छ भने २ बैंकको शेयरमूल्य घटेको छ ।