बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।प्राधिकरणका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण पेश गर्नुपर्नेछ ।
यसका साथै बिगत तीन वर्षको नाफारनोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष उल्लेख गरेको हुनुपर्नेछ ।
उक्त निक्षेप लिनका लागि आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ । साथै पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।