नेपाल इन्स्योरेन्स कम्पनीमा कस्को कति छ लगानी?

२५ पुष २०८०, बुधबार १६:४१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ औं वार्षिक साधारण सभामा प्रस्ततु गरिएको आव २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार संचालकहरुको शेयर स्वामित्व ८ हजार ४१४ कित्ता शेयर र पदाधिकारीहरुको स्वामित्वमा २ हजार ५०७ कित्ता शेयर रहेको छ ।

प्रतिवेदनका अनुसार संचालकहरुका तर्फबाट चन्द्रसिंह साउदको स्वामित्वमा २ हजार ८२४ कित्ता र सबिता श्रेष्ठ जोशीको स्वामित्वमा ५ हजार ५९० कित्ता शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, पदाधिकारीहरुका तर्फबाट मुख्य प्रबन्धक गोकर्णप्रसाद खतिवडाको स्वामित्वमा २१ कित्ता, मुख्य प्रबन्धक हरिहरमानसिंह बस्नेतको स्वामित्वमा २ हजार २३३ कित्ता र बरिष्ठ प्रबन्धक समुन्द्र के.सी.को स्वामित्वमा २५३ कित्ता शेयर रहेको छ ।

साथै, कम्पनीले संचालकहरु तथा कम्पनीका पदाधिकारीहरुले कुनै शेयर खरिद बिक्री नगरेको तर बोनश बापतको शेयर प्राप्त गरेको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*