छिमेक लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनले गुमाए सर्वाधिक?
२५ पुष २०८०, बुधबार १५:१५
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ अंकले बढेतापनि ११८ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
यस दिन छिमेक लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक डेबेन्चर २०८६–८७, अप्पर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कालिका लघुवित्त, हिमालयन पावर, साम्लिङ पावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र हाथवेको शेयरमूल्य सर्वाधिक घटेको छ ।