सानिमा बैंक र निर्णायक ल्यावबीच छुट सम्झौता
काठामाडौं । सानिमा बैंक लिमिटेड र दमकको निर्णायक रेफेरेन्स ल्याव प्रा.ली बीच छुट सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । निर्णायक ल्याव दमककै एक अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याव भएको बताइएको छ । दमक शाखालाई सानिमा बैंकका शाखाहरुमध्यको एक ठूलो शाखा मानिन्छ
सानिमा बैंकका भिषा कार्ड, क्रेडिक कार्ड, मोवाइल तथा इन्टर्नेट बैंकिङ लगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छुटको सुबिधा पाउने छन् । जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ३० प्रतिशत र होलबडीका प्याकेज गर्नेहरुलाई २० देखि ४० प्रतिशत छुट दिइने ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले जानकारी दिए । कार्कीका अनुसार सानिमा बैंकका देशैभरीका डिजिटल बैंकिङ प्रयोग गर्नेहरुले यो छुटको सुबिधा पाउने छन् ।