ब्रोकर नम्बर ८२ र ब्रोकर नम्बर ९४ किन परे निलम्बनमा ? फुकुवा भए दुबै
काठमाडौँ । नेप्सेमा दुई कम्पनी निलम्बनमा परेका दुई ब्रोकरहरुको निलम्बन फुकुवा भएको हो । नेप्सेले ती ब्रोकरहरुको निलम्बन फुकुवा भएको पुष्टी गरेको छ ।
यता ब्रोकर नम्बर ९४ का प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मीले भने यस्तो भईरहने र यसमा नेप्सेकै दोष भएको दाबी गरेका छन् । ‘ठ्याक्कै ३ बजे हाम्रो लिमिट सकिएछ, हामिले थप लिमिट पनि हालिसकेका थियौं, तर नेप्सेले अपडेट नगर्दा हामी सस्पेन्डेड भयौँ ।’ उनका अनुसार ३ देखि ५ करोड रुपैयाँ लिमिट राखेर केबीएलले कारोबार गरिरहेको छ ।
यता नेप्सेका अधिकारीहरुले भने केबीएल सेक्युरिटिज र एनएमबि सेक्युरिटिजले गैरकानुनी रुपमा काम गर्न खोजेकोले ब्रोकर निलम्बन गरेको र उनीहरुले आफ्नो गल्ती सच्याएपछि निलम्बन फुकुवा गरेको बताएका छन् ।