हिमालयन एभरेष्टको लाभांश घोषणा, बोनस र नगद कति?

२५ पुष २०८०, बुधबार १०:३०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*