माघ १ गतेदेखि ब्याजदर घटाउने एनआईसी एसिया बैंकको निर्णय, ऋण र निक्षेपको नयाँ ब्याजदर लागू

२५ पुष २०८०, बुधबार ०८:४१

काठमाडौं । एनआईसी एशिया बैंकले आगामी माघ महिनादेखि ब्याजदर घटाउने निर्णय गरेकोछ । बैंकले आज नयाँ ब्याजदर प्रकाशित गर्दै घटाउने निर्णय गरेको हो।

प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर उल्लेख्य रुपमा घटाएको छ। पुस महिनामा ८।६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८।०६५ प्रतिशतमा झार्ने निर्णय गरेएको छ। बैंकले आफ्नो ब्याजदर ०।६०५ प्रतिशतविन्दु घटाएको हो।

त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६।०६५ प्रतिशत झार्ने निर्णय गरेको छ। पुस महिनामा यस्तो ब्याजदर ६।६७ प्रतिशत थियो।

बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्। बैंकहरुको निक्षेप दैनिक बढ्दो क्रममा रहेको छ। तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*