शेयर बजार उकालो यात्रातर्फ, ६ अर्बको शेयर कारोबार
२४ पुष २०८०, मंगलवार १५:१६
काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २०।२९ अंकले बढेर २०७९ विन्दुमा पुगेको हो ।
साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेप्से ३५।६४ अंकले बढेको थियो । मंगलबार स्टक मार्केटमा एक करोड ७८ लाख ५० हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड २४ लाख १६ हजार ६१३ रुपैयाँको कारोबार भयो ।
यस दिन हाइड्रो पावर उपसूचक दोहोरो अंकले ऋणात्मक हुँदा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड एकल अंकले ऋणात्मक रहे । स्टक मार्केटमा मंगलबार विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसूचकमा तेहरो अंकको वृद्धि देखिँदा अन्य उपसमूहमा दोहोरो र एकल अंकले वृद्धि भएको देखिएको छ ।