चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीलाई आफ्नै छोराले हाने खुकुरी, टाउकोमा चोट, नर्भिकमा उपचार हुँदै

२४ पुष २०८०, मंगलवार १४:१४

काठमाडौं । चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोरा निरज नेतृत्वको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ र उनको टाउमा गहिरो चोट लागेको बताइएको छ ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो । राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो ।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । आक्रमणअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए । प्रहरीले मंगलबार विहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेका बुझिएको छ । प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*