दाबी प्रक्रिया अघि बढाउन बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह

२४ पुष २०८०, मंगलवार ११:२९

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानी प्रक्रिया अगाढि बढाउन आग्रह गरेको  छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० सम्मको बीमा दाबी भुक्तानी प्रकिया बढाउन आग्रह गरेको हो ।

यस कम्पनीका बीमितहरुको २०८० असार मसान्तसम्म क्षति भई बीमित वा प्रतिनिधिमार्फत पर्न आएको बीमा दाबी सम्बन्धमा हालमम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएको कम्पनीले बताएको छ ।

सम्पर्कमा नआएको र आवश्यक कागजात पेश नभएका बीमितलाई कम्पनीले ३५ दिनभित्र कागजातसहित सम्पर्कमा आउन र दाबी प्रकिया अघि बढाउन आग्रह गरेको छ । तोकिएको समयभित्र कागजातसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*