मेरोमाइक्रोफाइनान्स लघुवित्तको साधारण सभा माघ २६ गते, के–के छन् एजेण्डा?

२४ पुष २०८०, मंगलवार ०७:०१

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभा माघ २६ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजे आह्वान गरेको हो ।

सभाले हाल कायम पूँजी संरचना (संस्थापक शेयरधनीको ६९.४०% र सर्वसाधारण शेयरधनीको ३०.६०%) लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०% र सर्वसाधारण शेयरधनीको ४०.६०% कायम गर्नेछ । त्यस्तै, सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी, सभाले लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनार्थ यस कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ ४ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*