बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

२३ पुष २०८०, सोमबार १९:०७

काठमाडौं। साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । उकालो लागेको शेयर बजारमा जीवन र निर्जिवन बीमा दुबैको शेयर बजार उकालोतर्फ प्रस्थान गरेको छ।

आज जीवन बीमा कम्पनीको उपसमूह ३.७२ प्रतिशत र निर्जीवन बीमा कम्पनीको उपसमूह १.४२ प्रतिशतले बृद्धि भएको छ ।

आज सर्वाधिक कमाउने बीमा कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ३४० रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको दोस्रो बजारमा सोमबारदेखि कारोबार सुरु भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*